logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित भेटिएको मैतिदेवी क्षेत्र सिल


अंकुरण खबर
689
Shares

कोरोना भाइरस संक्रमणको घटना फेला परेपछि काठमाडौंको मैतिदेवी क्षेत्रमा सिल गरिएको छ।

मैतिदेवीमा डेरा गरी बस्ने दुई युवामध्ये एक जनामा कोरोना पोजेटिभ पाइएको हो। अर्का युवकको भने रिपोर्ट आउन बाँकी छ।

संक्रमण देखिएका युवकलाई पाटन अस्पताल भर्ना गरिएको छ। संक्रमित युवा रामेछापको रहेको र केही दिन अघि मात्र काठमाडौँ आएएका थिए।

कोरोना भेटिएपछि मैतिदेवी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ भने भित्र जान र आउन प्रतिबन्ध गरिएको छ। नेपालमा बुधबारमात्र थप २५ जनामा कोरोना पुष्टि भएको छ।