logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो


अंकुरण खबर
1.417K
Shares

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै थप १७ जनामा कोरोना भेटिएको जानकारी दिएको हो ।

झापा, धनकुटा र सुनसरी जिल्लामा संक्रमण भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।