मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको चक्रवात जमिनमा प्रवेश गरिसकेको छ र कमजोर हुने क्रममा रहेको छ।
हाल देशमा यो प्रणालीको साथै स्थानीय वायु को प्रभाव रहेको छ । हाल देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिमामा आंशिक बदली रहेको छ । पूर्व र मध्यको थोरै स्थानमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।
दिउँसोः पूर्वी भू-भागका केही स्थानहरु र मध्यका पहाडी भू-भागका १/२ स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको छ । पुर्वि हिमाली भु-भागहरुमा हिमपातको पनि संभावना रहेको छ । त्यसैले गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पुर्वी उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ ।
त्यस्तै रातीः देशको पूर्वी भू-भागमा पूर्ण बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी भू-भागका केहि स्थानहरु र मध्य भू-भागका १/२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । पुर्वी तथा मध्य उच्च हिमाली भु(-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ ।