logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लङ्घन गर्ने २ हजार ७ सय गाडी प्रहरी नियन्त्रणमा


अंकुरण खबर
1.95K
Shares

लकडाउन उल्लङ्घन गर्ने २ हजार ७ सय वटा गाडीलाई प्रहरीले नियन्त्रणम लिएको छ ।

बिहीबार बिहानै उपत्यकाका विविन्न ठाउँबाट यी गाडीलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लकडाउन उल्लङ्घन गर्नेमा दुई पाङग्रे गाडी धेरै छन् ।

२६ सय वटा दुई पाङग्रे र एक सय वटा चार पाङग्रे गाडी रहेका ट्राफिक प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले लकडाउनलाई कडा पारेको छ ।

अति आवश्यक काम नपरी बाहिर ननिस्कन र निस्कनै परे आफ्नो आवश्यकता अनुसार पासका लागि स्वीकृति लिन गृह मन्त्रालयले आग्रह गरेको छ ।