logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुलपानीमा रहेको गाई फार्ममा आगलागी, ५ वटा गाई जलेर मरे


अंकुरण खबर
819
Shares

काठमाडौंको कागेशवरी मनोहरा नगरपालिकामा रहेको एउटा गाई फार्ममा आगलागी हुँदा ५ वटा गाई जलेर मरेका छन् ।

काभ्रेका खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा आगलागी भएको हो । फार्ममा रहेको नगद दुई लाख, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट हुँदा १४ लाख १८ हजार ५ सय बराबरको नोक्सानी भएको जनाइएको छ ।

आगो लाग्नुको कारण खुलेको छैन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।