logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनाले खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो


अंकुरण खबर
1.196K
Shares

नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ ।

जिटुजि प्रक्रियाद्वारा सेनाले तेस्रो चरणमा ति स्वास्थ्य सामाग्री भित्र्याएको हो । थप १२ वटा कन्टेनर सामाग्री तातोपानी नाकाको चिनियाँ क्षेत्रमा आइपुगेको सेनाले जनाएको छ ।

सेनाले यसअघि विमानबाट १९ टन र तातोपानी नाका हुँदै आठ टन औषधि लगायत स्वास्थ्य सामग्री भित्र्याइसकेको छ । सेनाले ३ सय ४१ टन स्वास्थ्य सामाग्री खरिद गर्न चिनिया सरकारी स्वामित्वको कम्पनी सिनो फर्मासँग सम्झौता गरेको छ । त्यसका लागि नेपालले करिव दुई अर्ब रुपैया भुक्तानी गरिसकेको छ ।

चीनबाट हालसम्म ३५ टन औषधि भित्रिएको छ । सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउन लागेको छ ।

बाँकी सामग्री पनि विमान र स्थलमार्गबाट ल्याउने तयारी छ । सरकारले चैत १६ गते सेनालाई औषधि ल्याउने जिम्मेवारी दिएको थियो ।