माछा मार्ने क्रममा कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
जानकी गाउपालिका १, दुर्गौलीका २१ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो । प्रहरीले बिजुलिया कुलो र नदीमा माछा मार्न करेन्ट प्रवाह गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका १ का ३८ वर्षीय डम्मरबहादुर राजी, ३६ वर्षीय शेरसिंह लुहार र ५६ वर्षीय भाने साउँद छन् ।
प्रहरीले घटनास्थलबाट तार, लाठीलगायत सामग्री बरामद गरेको छ ।