नेपालमा तेस्रो कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ।
रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचाररत कोरोना संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ।
रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उनको उपचार भइरहेको थियो । जेठ १ गते क्रिमसन अस्पतालमा उपचाररत उनमा उच्च ज्वरो नियन्त्रणमा नआएपछि अस्पतालले स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाएको थियो।
अस्पतालका अनुसार उनको स्वाब परिक्षण गर्दा जेठ ५ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको हो।
यसअघि नेपालमा कोरोनाबाट पहिलो व्यक्ति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलिखेल अस्पतालमा निधन भएको हो। उनको मृत्युपछि मात्रै कोरोना भएको पुष्टि भएको थियो।
अर्का दोस्रो व्यक्ति बाँकेका युवक हुन्। मुम्बईबाट नेपाल अएर क्वारेन्टाइनमा रहेका उनको पनि मृत्युपछि मात्रै कोरोना भाइरस पुष्टि भएको थियो।
