सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा भएको खोजीकार्यका क्रममा आज बिहान सो नदीमा भोला महतको शव फेला परेको हो।
उनी भुम्लु गाउँपालिका वडा नं ४ का बासिन्दा भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकबाट ¥याफ्टिङ ल्याएर खोज्ने क्रममा उनको शव फेला परेको र सोही गाउँपालिका वडा नं १ बस्ने २६ वर्षीय अशोक गिरीको भने अझै खोजीकार्य जारी रहेको उनले बताए।
सोही गाडीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीया सानुमाया गिरीको बायाँ हात भाँच्चिएको र उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भीरमा बुधबार दिउँसो दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा१६च ८८३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सवार दुईजना सो नदीमा खसेर बेपत्ता भएका थिए।
उनीहरु हामफालेर ज्यान बचाउन खोज्दा सुनकोशी नदीमा खसी बेपत्ता भएको जनाइएको छ।