logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा प्रहरीलाई हातपात गर्ने पक्राउ


अंकुरण खबर
1.456K
Shares

बाँकेमा प्रहरीलाई हातपात तथा कुटपिट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

नेपालगंज उपमहानगरपालिका-२१ बस्ने ३० वर्षीय दुर्गेस ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित पुरैनिमा जग्गा सम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर सोही ठाउँस्थित आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति आफै भाग्ने क्रममा लडेर घाइते भएका थिए ।

उनलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै स्थानियले प्रहरीमाथि हातपात र कुटपिट गर्दा प्रहरी चौकी तेलियनपुरमा कार्यरत एक प्रहरी जवान समेत घाइते भएका थिए ।

लडेर घाइते भएका स्थानीयको भेरी अस्पताल नेपालगंजमा सामान्य अवस्थामा उपचार भइरहेको छ भने घाइते प्रहरी जवान नर्सिंङहोम नेपालगंज बाँकेमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।