logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

लिपुलेक अभियानमा हिंडेको विप्लव समुहका कार्यकर्ता पक्राउ


अंकुरण खबर
832
Shares

भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेकमा जान लागेका विप्लव समुहका कार्यकर्ता पक्राउ गरेका छन्।

उनीहरुलाई दार्चुला प्रहरीले दार्चुलाको नौगाड गाउँपालिकाबाट सुनसेरा सिना हुँदै कालापानी लिपुलेक अभियानमा हिंडेको समयमा बाटोमा पक्राउ गरेको हो।

प्रकाउ पर्नेमा ७ जना विप्लव समुहका कार्यकर्ता रहेको बताइएको छ। उनीहरुको साथबाट नेपाली झण्डा बरामद गरिएको छ। लिपुलेकमा झण्डा गाड्न जान लागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरुलाई सदमुकाम खलंगा ल्याउन १ दिन लाग्ने प्रहरीले जनाएको छ।