logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

टेकु अस्पतालमा उपचाररत चार जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ४९ पुग्यो


अंकुरण खबर
728
Shares

टेकु अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित व्यक्ति निको भएका छन्। उनीहरूलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार डिस्चार्ज हुनेमा दुई जना पुरूष र दुई जना महिला छन्। उनीहरू विभिन्न जिल्लाबाट आएर काठमाडौंमा बस्दै आएका हुन्।

उनीहरु वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । योसँगै संक्रमणबाट निको हुनेको संख्या ४९ पुगेको छ ।

बुधबार मात्र उदयपुरका ८ जना संक्रमित निको भएका थिए।

नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४ सय ४४ पुगेको छ भने संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।