logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको संख्या ४९ पुग्यो


अंकुरण खबर
754
Shares

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्रिमसन अस्पतालको भेन्टिलेटरसहितको सघन उपचार कक्षमा उपचाररत गुल्मीका ४१ वर्षिय पुरुषको निधन भएको हो। मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोरोना संक्रमण पोजेटिभ देखिएका ती पुरुषको बिहीबार निधन भएको बताए ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षिया महिला र बाँकेका २५ वर्षिय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । प्रवक्ता देवकोटाका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । बिहीबार थप ९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको हो ।

रुपन्देहीका २७ वर्षिय पुरुष र झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । बिहीबार टेकुमा उपचाररत ४ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षिया महिला तथा २७ र ३७ वर्षिय पुरुष ९ औं दिनमा डिस्चार्ज भएका हुन् ।

यो सँगै नेपालमा उपचार पछि निको भएर घर फर्किने संक्रमितको संख्या ४९ पुगेको छ ।