logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

गुल्मीका कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
884
Shares

उपचारको क्रममा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण नभएको पाइएको छ ।

अर्घाखाँची सन्धिखर्कको छाया पोलिक्लिनिकका डाक्टरसहित १० जना स्वास्थ्यकर्मीको आरटी पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनले जेठ १ गते गराएको उक्त पोलिक्लिनिकका दशजना स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गरिएको थियो ।

जेठ २ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको स्वाबको परीक्षणको रिपोर्ट बिहीबार नेगेटिभ आएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।

छाया पोलिक्लिनिकबाट रुपन्देहीको क्रिमसन अस्पतालमा ल्याएर भर्ना गरिएका उनको उपचारमा संलग्न डाक्टर, नर्स र तीनजना आफन्तसहित २९ जनामध्ये रिपोर्ट आएका जति सबैको नेगेटिभ रिपोर्ट आएको छ ।