बाँकेमा पहिलो पटक एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ।
भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा बिहीबार बेलुका खजुरा गाउँपालिका वडा नं. ३ निवासी ४२ वर्षीया एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ती नर्सको दुई दिन अगाडि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट स्वाब संकलन गरिएको थियो।
उनीसँगै फ्रन्टलाइनमा खटिएका ११ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरेकोमा अरु कसैमा कोरोना नदेखिएको तर उहीमा कोरोना देखिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।
संक्रमण पुष्टि भएपछि ती स्वास्थ्यकर्मीलाई खजुरास्थित आइसोलेसन वार्डमा राखिएको छ । बाँकेमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको यो नै पहिलो पटक हो।