logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन निको भएर घर फर्किए बाँकेमा २१ कोरोना संक्रमित


अंकुरण खबर
1.313K
Shares

बाँकेमा एकैदिन २१ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका छन्।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचाररत बिरामी निको भएर घर फर्किएका हुन्। उनीहरूलाई अस्पताल परिसरबाट बिदाइ गरेर दुईवटा एम्बुलेन्समा राखी घर पठाइएको छ।

उनीहरूको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । नेपालगन्ज उपमहानगरपालिका ७ का एकजना र ८ का २० जना डिस्चार्ज भएका हुन्।

१९ वैशाखमा ६० वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको थियो। उनीसहित २१ जनाको अन्तिम रिपोर्ट नेगेटिभ आएको हो। योसहित नेपालमा निको भएर घर फर्किनेको संख्या ७० पुगेको छ। बाँकेमा हालसम्म संक्रमितको संख्या एक सय एक छ।

बाँकेको नरैनापुर गाउँपालिका ५ का एक २५ वर्षीय युवकको क्‍वारेन्टाइनमै मृत्यु भइसकेको छ।