logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३१ घण्टापछि गुल्मीका मृतक कोरोना संक्रमितको शव सेनाले उठाय


अंकुरण खबर
1.053K
Shares

कोरोना संक्रमणका कारण मृत्यु भएका गुल्मी मदानेका ४१ वर्षीय पुरुषको शव नेपाली सेनाको टोलीले उठाएको छ।

रुपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान ७ बजेतिर ती संक्रमितको मत्यु भएको थियो । आज दिउँसो २ बजे सेनाले शव उठाएको हो।

सेनाको टोलीले अस्पतालको माथि गई मृतकको शवलाई र्‍यापिङ गरी शव वाहनमा राखेर अस्पतालबाहिर ल्याएर प्रहरीले स्टर्किङमार्फत सेनाले शव लगेको छ।

अस्पतालको लापरवाहीले उनको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पतालमाथि आरोप लगाइरहेका थिए। आफन्तले उनमा फेरि पनि कोरोना परीक्षण गर्नुपर्ने माग राख्दै आएका थिए।

मृत्युबारे छानबिन हुनुपर्ने र दोषीमाथि कारबाहीको माग उनीहरुले गरेका थिए। तर सेनाको टोली आएर शव उठाउने भनेपछि आफन्तले हस्ताक्षर गरेका रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिएका छन्।

शवलाई सुरक्षित तवरले विद्युतीय शवदाह गृहमा जलाइने पनि उनले जानकारी दिए।