स्वास्थ्य मन्त्रालयले थप २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जनाएको छ।
नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नयाँ २० संक्रमित फेला परेको पुष्टि गरेका छन्। कैलाली, बाँके र मोरङमा गरेर थप २० जनामा कोरोना संक्रमण देखिएको हो।
सेती प्रादेशिक अस्पताल कैलालीमा परीक्षण गरिएका पाँचजना, बाँकेमा १४ जना र मोरङमा एकजनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५०७ पुगेको छ ।