logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा पहिलोपटक कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.482K
Shares

डडेल्धुरामा पहिलोपटक एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

नेपालमा आज एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५०७ पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म ७० जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भईसकेको छ ।