रौतहटको देवाही गोनाही नगर क्षेत्रमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् ।
देवाही गोनाही ६ का राम अयोध्या ठाकुरको आँगनमा ट्युबवेल गाड्ने क्रममा फलामको पाइपले तार छुन पुग्दा कटहरिया नगरपालिका ६ हरि सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सोही ठाउँका छोरा मोति सहनी गम्भीर घाइते भएका छन् । घाइते सहनीको प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार भैरहेको छ ।
घटनापछि ट्युबवेल जडान गराउने ठेकदार कटहरिया ६ फतेपुरका जावेद मियाँ फरार भएका छन् ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले स्थलगत मुचुल्का तयार भएपछि मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको र घटनाबारे अनुसंधान भइरहेको जानकारी दिए।