logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदुरपश्चिममा ५ जना कोरोना संक्रमति थपिए


अंकुरण खबर
1.3K
Shares

सुदुरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढी प्रयोगशाला मार्फत गएराति गरिएको परिक्षणमा पाँचै जनामा कोराना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार कैलाली जानकी गाउँपालिकाका तीनजना, डडेल्धुराको परशुराम नगरपालिकाका एक जना र बैतडी शिवनाथ गाउपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यो संगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ भने ५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।