logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
1.287K
Shares

छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा महोत्तरीको सोन्मा गाउँपालिका-३ रघुनाथपुर बस्ने २७ वर्षीय जयनाथ यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

सोही गाउँपालिका-७ सुन्दरपुर बस्ने ६७ वर्षीय दिपलाल यादवलाई जयनाथले सार्वजनिक पोखरीमा घाँटी थिचेर सोही पोखरीमा डुबाई मारेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।