logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हिरासतमा रहेका २३ वर्षिय युवकमा कोरोना पुष्टि, प्रहरी कार्यालय बैतडी सिल


अंकुरण खबर
1.365K
Shares

बैतडीमा पहिलो पटक एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा रहेका एक व्यक्तिमा शुक्रवार कोरोना पुष्टि भएको हो ।

जिल्लाको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा थिए । थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको छ ।

थुनामा रहेका युवकमा कोरोना पुष्टि भएपछि अन्यलाई समेत त्रास बढेको छ ।

गत चैत ६ गते भारतको मुम्बइबाट घर आएका २३ वर्षका युवक वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका थिए ।

युवकको स्वाब परीक्षण (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।