logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवाखालबाट २ लाख नगदसहित ५ जुवाडे पक्राउ


अंकुरण खबर
1.599K
Shares

जनकपुरमा जुवा खेल्दै गरेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित जानकि वाटिकाको गेस्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मिथिला बिहारी नगरपालिका–७ बस्ने ५६ वर्षीय किशोरी साह, जनकपुरधाम उपमहानगरपालिका(८ का ५५ बर्षीय बिल्टु बरही, सोही उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ३५ बर्षीय मोसतकिङ राईन, ४७ वर्षीय जसिन कवाडि र ३४ वर्षीय रमेश साहु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

गेस्ट हाउसमा लुकेर जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन्।

दुई लाख ७ हजार ५ सय २५ रुपैयाँसहित पाँचै जनालाई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।