विभिन्न नाका भएर आज बिहान २२९ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् ।
पास भएका ७७ वटा गाडीबाट २२९ जना यात्रु बिहान भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पास नभएका १४ वटा गाडी र ३४ जना यात्रुलाई फर्काइएको छ ।
गृह मन्त्रालयले अति अवश्यक काम नपरी आवतजावत नगर्न आग्रह गर्दै आएको छ भने काठमाडौं उपत्यका आउनै परे आरडीटी विधिमार्फत स्वास्थ्य परीक्षण गरेको रिपोर्ट देखाउन भनेको छ ।
कोरोना भाइरसको जोखिम बढेसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य चार नाकासहित सबै नाका क्षेत्रमा कडार्इ गरिएको छ ।