कपिलवस्तुमा शनिवार बिहान ८ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ ।
संक्रमित बाणगंगा नगरपालिका ६ जना र बुद्धभूमि नगरपालिका दुई जना हुन् । संक्रमितमध्ये १ जना ४० वर्षिया वडा अध्यक्ष बाणगंगा नगरपालिकाका र १ जना पत्रकार २७ वर्षिया महिला रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
जिल्लामा शुक्रवार पनि दुई जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका थिए । योसँगै जिल्लामा संक्रमित हुनेको संख्या ७५ जना पुगेका छन् ।