logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनका वृद्ध दम्पतीका छोरामा पनि कोरोना संक्रमण


अंकुरण खबर
1.053K
Shares

चितवनमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हिजो शुक्रबार भेटिएका कोरोना संक्रमित दम्पतीका छोरा भएको खुलेको छ।

आज भेटिएका ५२ वर्षिय पुरुष संक्रमित बुबा आमासँगै भारत गएका थिए।

बिहिवार परीक्षण गर्दा नेगेटिभ आएपनि शंकास्पद भएकोले हिजो पुनः परीक्षण गर्दा पोजेटिभ आएको भरतपुर अस्पतालका डा. भोजराज अधिकारीले बताए।

शुक्रबार भरतपुर ६ केशरबाघका ७४ वर्षिय पुरुष र ७३ वर्षिय महिलामा कोरोना पुष्टि भएको थियो।