logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

शनिबारको मौसम: कता-कता छ हावाहुरी, चट्याङ र वर्षाको सम्भावना


अंकुरण खबर
936
Shares

आज (शनिबार) पनि देशका पूर्वदेखि पश्चिमसम्मै केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएका छन्।

महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात (अम्पु) कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको र यसले नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारिरहेको छ ।

साथै, अहिले देशका पश्चिमी पहाडी भागमा, मध्य र पूर्वी भागमा सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, शबिार दिउँसो भने देशको मौसम पश्चिमी पहाडी भाग, मध्य र पूर्वाी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।  मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार शनिवार राति भने देशभरी नै सामान्य बदली हुनेछ । भने, मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।