भारतको विहारस्थित क्वारेन्टाइनमा रहेका एक बालकको सर्पले टोकेर मृत्यु भएको छ ।
भारतीय सञ्चारमध्यामका अनुसार विहारस्थित मोहनपुरमा रहेको कञ्चनपुर हाई स्कूलको क्वारेन्टाइनमा बसेका ५ वर्षीय बालकलाई सुतेको बेला सर्पले टोक्दा मृत्यु भएको हो ।
सुतिरहेको ठाउँमा सर्प छिरेर बालकको मृत्यु भएसँगै क्वारेन्टाइनमा रहेका अन्य मानिसहरुडराएका छन् ।
उक्त बालकलाई त्यहाँको कञ्चनपुर हाई स्कूलमा आमाबुवासँग क्वारेन्टाइनमा राखिएको थियो । राती सुतेको बेला सर्प क्वारेन्टाइनमा छिरेर टोकेपछि उनको मृत्यु भएको हो ।
बच्चाको मृत्यु भएपछि त्यहाँ रहेका अन्यले सर्पलाई खोजेर मारेका थिए ।