काठमाडौको धापासीस्थित ग्राण्डी ईन्टरनेसनल हस्पिटलमा कार्यरत एकजना ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । अहिले अस्पतालको विभिन्न वार्ड सील गरिएको छ । उनको काठमाडौं गोकर्णमा बस्ने उनका सम्पर्कमा आएका व्यक्तिको पनि स्वाब परीक्षणका लागि पठाइएको छ ।
त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी एक महिलामा कोरोना संक्रमण भेटिएपछि कन्ट्याक ट्रेसिङ सुरु भएको छ ।
हेटौंडाकी ५४ वर्षकी महिलामा जेठ ६ गते अस्पताल भर्ना भएकी थिइन् । उनीमा शुक्रबार साँझ कोरोना पोजेटिभ देखिए पछि अहिले गणेशमानसिंह भवनको कोभिड वार्डमा सारेर उपचार थालिएको छ ।
अस्पतालले ती महिलासँगै उपचाररत वार्डमा कार्यरत चिकित्सक नर्स, बिरामी र तिनीहरुको आफन्तलाई कन्ट्याक ट्रेसिङ गर्ने काम गरेको छ ।
अस्पतालमा क्याथल्याबसहित कार्डियोलोजी सेवा अर्को सूचना नआउन्जेलको लागि स्थगित गरिएको छ ।