नेपालमा शनिबार थप ६८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले थप ३६ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।
हालसम्म सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।