logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप


अंकुरण खबर
897
Shares

काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले कैदीबन्दीबीच डिल्लीबजार कारागारमा झडप भएको पुष्टि गरेका हुन ।

उनले भने, ‘अहिले प्रहरी घटना स्थलमा पुगिसकेको छ । के कारणले झडप भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार कैदीबन्दीबीच झडप भएपनि अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।

चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ । झडपको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।