महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक ९असई० ले आफैँलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन्।
आइतबार बिहान डिउटी सकेर कोठामा फर्किएका असई महेश कार्कीले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ।
कोठाको ढोका थुनेर आत्महत्या गरेका उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन्। घटनाबारे अनुसन्धान भइरहेको छ।