logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समसामयिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीको बैठक बस्दै


अंकुरण खबर
1.066K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

आज दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले संघीय संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव र कोरोना भाइरस संक्रमणको अवस्थालगायत विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

शनिबार मधेस केन्द्रित दलले राखेको संविधान संशोधनको प्रस्ताव विषयमा पनि बैठकमा कुराकानी हुने बताइएको छ । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची तीनमा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो ।

बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।