logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण, पठाइयो पुनः परीक्षणका लागि नेपालगञ्ज


अंकुरण खबर
676
Shares

कर्णाली प्रदेशमा थप पाँच जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप पाँच जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ । वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

बाँके बर्दिया र सुर्खेतको नाका बबईमा शनिवार गरिएको आरडीटी परीक्षणमा पोजेटिभ आएका ११ जना मध्य पाँच जनाको पीसीआर परीक्षण गरिएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको स्वाब पुन परीक्षणका लागि नेपालगञ्ज पठाइएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा।लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

पाँचै जना भारतबाट आएका ब्यक्तिहरु भएको बताइएको छ ।