भारतको गुजरातबाट अर्घाखाँची फर्कँदै गरेका एक नेपालीको बाटोमै मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा भारतको लखनउमा मृत्युु भएको हो ।
लखनउमा पानी पिएलगत्तै उनको मृत्यु भएको मृतकका साथीहरुले बताएका छन् । मृतक युवाले पानी पिएलगत्तै आफूलाई छटपटी भएको बताएका थिए ।
उनको शव कृष्णनगर सीमाको भारततर्फको बढनीमा रहेको बताइएको छ । उनको स्वाब परीक्षण गराउने तयारी भइरहेको छ ।
दुईवटा बसमा आएका सबैको उद्दार भइरहेको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।