मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
बजेट र विदेशमा रहेका नेपालीलाई कसरी फिर्ता ल्याउने भन्नेबारे छलफल गर्न आइतबार तय भएको बैठक स्थगित भएको हो ।
आजको बैठक सोमबार मुस्लिम समुदायको पर्व इद परेकाले मङ्गलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको सूचना आएको एक मन्त्रीले जानकारी दिए । तर किन बैठक सारियो भन्नेबारे खुलाइएको छैन ।
कोरोनाका कारण भारत लगायतका मुलुकमा धेरै नेपालीहरु समस्यामा परेका छन् । उनीहरु नेपाल आउन चाहेपनि सरकारले उनीहरुलाई कसरी ल्याउने र कस्तो व्यवस्थापन गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।