logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा अर्का एक प्रहरीमा कोरोना संक्रमण


अंकुरण खबर
793
Shares

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत अर्का एकजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको छ।

सर्लाही घर भई बारामा कार्यरत ४९ वर्षीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बारा प्रहरी प्रमुख, एसपी कृष्ण पङ्गेनीले बताए।

यसअघि मुद्दा शाखामा कार्यरत बाराकै प्रहरी जवानमा कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङको आधारमा ५० जना प्रहरी कर्मचारीको नमूना परीक्षण गरिएको थियो। त्यसमा एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको एसपी पङ्गेनीले बताए।

३ जेठमा उनीहरूको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। संक्रमित देखिएका प्रहरी कर्मचारीलाई बाराको कलैया अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।