logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नुवाकोटमा पनि भेटिए कोरोना संक्रमित


अंकुरण खबर
728
Shares

नुवाकोटमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षण भएको थियो ।  जसमा अरुको रिपोर्ट नेगेटिभ आएपनि उनको भने पोजेटिभ आएको हो ।