नेपालमा आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेको हो । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६०३ पुगेको छ। तीमध्ये ८७ जना संक्रमण निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ।