logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ नक्सा प्रचलनमा ल्याउन मन्त्रालयद्धारा स्थानीय तहलाई परिपत्र


अंकुरण खबर
5.057K
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाई परिपत्र गरेको छ ।

मन्त्रालयले सरकाराले बुधबार सार्वजनिक गरिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा, नयाँ नक्सा छापिएको राजपत्र र नापी विभागद्वारा प्रकाशित नयाँ नक्सासमेत राखेर सबै कार्यालयलाई पत्र पठाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीका अनुसार सात प्रदेशलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र ७ सय ५३ स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्र पठाई नयाँ जक्सा प्रचलनमा आग्रह गरिएको छ ।