logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिनमा १७ जना संक्रमित निको भएर घर फर्किए  


अंकुरण खबर
1.456K
Shares

आइतबार कोरोना भाइरसको संक्रमण निको भएर १७ जना संक्रमित डिस्चार्ज भएका छन्।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत १० जना संक्रमितको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले  जानकारी दिएका हुन्।

यस्तै नारायणी अस्पताल वीरगञ्जबाट पनि थप ७ जना संक्रमित डिस्चार्ज भएको उनले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८७ पुगेको छ भने कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ।