logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा थप चार प्रहरीमा कोरोनाभाइरस संक्रमण


अंकुरण खबर
1.3K
Shares

बारामा एकै दिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि पनि त्यहाँ शनिबार मात्र एक जना प्रहरी जवानमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । योसँगै बारामा मात्र कोरोनाभाइरस संक्रमित प्रहरीको संख्या ५ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया७लमबकजस१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी संक्रमित भएका हुन् ।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।