logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरका संक्रमित युवकको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.404K
Shares

भक्तपुरको भेलुखेलका संक्रमित युवकको सम्पर्कमा रहेका १२ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमण पुष्टि भएका भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय युवकको सम्पर्कमा रहेका १२ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमितका परिवारको ११ जना र अर्का एक जनाको कोरोना परिक्षणको लागि बिहीबार स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण पठाइएको र परीक्षणको रिपोर्ट आइतबार आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले जानकारी दिए ।

संक्रमित युवक काठमाडौं महानगरपालिकाको सफाई गाडीका चालक हुन् ।