logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
702
Shares

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ।

नेपालमा एकै पटक यति धेरै संख्या थपिएको यो पहिलो पटक हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र भेरी अस्पताल नेपालगञ्ज र प्रदेश अस्पताल सुर्खेतमा गरिएको कोरोना परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन्।