logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि


अंकुरण खबर
806
Shares

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको कलैयाका एक ७० वर्षीय वृद्ध रहेका छन् । उनको वीरगन्जको नेशनल मेडिकल कलेजमा गएको जेठ ४ गते मृत्यु भएको जनाइएको छ ।

नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार जेठ ४ गते मृत्यु भएका उक्त व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयको अफिसियल जानकारी आइसकेको छैन । मृत्यु भएका व्यक्तिलाई मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

शंकास्पद लक्षण देखिएपछि उनको  स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । मृत्यु भएका उनका परिवारले अन्तिम संस्कार पनि गरिसकेको जनाइएको छ ।

यसअघि नेपालमा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।