चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक व्यक्तिको आज (सोमबार) बिहान मृत्यु भएको छ।
लुम्बिनी अञ्चल अस्पतालबाट रेफर गरिएका नवलपरासी रामग्राम-५ का ४८ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।
कोरोना हो कि होइन भनेर निश्चित गर्न उनको स्वाब परीक्षणका लागि ल्याबमा पठाएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
उनको स्वाब उता लुम्बिनी अस्पतालमा पनि परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।
चिकित्सकका अनुसार दुई दिनदेखि गम्भीर बिरामी परेका ती पुरुषलाई छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वाससम्बन्धी समस्या थिए।