स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ कोरोना संक्रमित मध्ये २ जना टोखा नगरपालिका रहेका छन्। दुई मध्ये एक जना किराना पसले रहेको पाइएको छ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा टोखा नगरपालिका ३ र ६ का २७ र ४१ वर्षीय दुई पुरुषको रिपोर्ट पोजेटिभ देखिएको हो ।
टोखा नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब परीक्षण गरेको थियो। जसमध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको हो।