logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेघगर्जनसहित वर्षाको सम्भावना


अंकुरण खबर
1.326K
Shares

भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको पश्चिमी पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव २ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहने छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव १ डिग्री सेल्सियस रहेको छ ।