logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संक्रमित बढ्दै गएपछि लकडाउनमा थप कडाई गरिँदै


अंकुरण खबर
3.25K
Shares

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लकडाउनको ६३ दिन पुगेको छ ।

गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको हो। नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन थप कडाई गर्न थालिएको छ।

उपत्यकाका मुख्य सडकहरु भित्रि सडकहरुमा अत्यावश्यक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन्। प्रहरीले ठाउँठाउँमा चेकजाँचमा कडाई गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सम्म ६ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार मात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन्। आज काठमाडौं उपत्यकामा मात्रै तीन जनामा संक्रमण देखिएको छ । रौतहटमा २६ र बारामा २३ जनामा आज संक्रमण दखिएको छ ।